बाँकेका चार नाकाबाट २४६ युवतीको उद्धार

नवलपुर टुडे


नेपालगञ्ज, साउन १३ । शान्ति पुनः स्थापना गृहले बाँकेका चार नाका र एक परामर्श केन्द्रबाट २४६ युवतीको उद्धार गरेको छ । जिल्लाको नरेनापुर गाउँपालिका–१ स्थित सुइया, डूडुवा गाउँपालिका–१ स्थित खडैचा, जानकी गाउँपालिका–१ स्थित शिउपुरी, जमुनाह नाका र कोहलपुरमा स्थापना भएको परामर्श केन्द्रबाट उनीहरुको उद्धार भएको शान्ति पुनः स्थापना गृहका क्षेत्रीय संयोजक भूमिराज भट्टराईले जानकारी दिनुभयो ।
गत आर्थिक वर्षमा उद्धार गरिएकामध्ये बाँकेका ३२, बर्दियाका ३२, दाङका २८, सुर्खेतका २४, जाजरकोटका २०,सल्यानका २०, रुकुम पश्चिमको १६, कैलालीको १२, दैलेखको ११, रोल्पाको १०, कालिकोटको १०, जुम्लाको पाँच लगायत ३१ जिल्लाका रहेका छन् । उनीहरु १६ देखि २५ वर्ष उमेर समूहका छन् ।
उहाँले मानव बेचविखनको समस्या अत्यन्त जटिल भएको उल्लेख गर्दै लुम्बिनी प्रदेशका १४ नाकाबाट सीमा निगरानी बढाउनुका साथै बाँकेमा आवधिक गृहसमेत सञ्चालनमा ल्याएर उद्धार गरेकालाई पुनःस्थापना गर्ने काम भएको बताउनुभयो । एक वर्षको अवधिमा सो केन्द्रले पाँच जनालाई कानुनी दायरामा ल्याएको समेत जानकारी दिँदै भट्टराइले दुई जनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार, दुई जनाविरुद्ध जबर्जस्ती करणी र एक जना विरुद्ध मावन बेचबिखन र जबर्जस्ती करणीमा जिल्ला प्रहरी कार्यालय, बाँकेमा मुद्दा दर्ता गरेको जानकारी दिनुभयो ।
“हामीलाई भारत लगेको सूचना आएपछि त्यहाँको प्रहरीसँग कागजात मिलाउनेदेखि विभिन्न नीतिगत समस्या देखिएको छ ।”उहाँले भन्नुभयो । शान्ति पुनःस्थापना केन्द्र, बाँकेका संयोजक निर्मल सुवेदीले जमुनाह नाकाबाट मात्रै छ युवतीको उद्धार गरेको जानकारी दिनुभयो । भारतको उत्तर प्रदेशको उन्नाउ, लखनउ र हिमाञ्चलको सिमलाबाट उनीहरुको उद्धार गरिएको थियो ।
उहाँले नयाँ नयाँ रणनीति अपनाएर मानव बेचबिखनको कार्य भएको उल्लेख गर्दै मुस्लिम समुदायले लगाउने बुर्का लगाएर, नेटवर्किङ बिजनेसको नाममा युवतीलाई भारत पु¥याइएको बताउनुभयो । “यसको ठूलो जालो छ, पत्ता लगाउन सजिलो छैन ।” जिल्ला संयोजक सुवेदीले भन्नुभयो । रासस

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















