स्वच्छ पत्रकारिताको विकास गर्न आवश्यक : प्रधानमन्त्री देउवा

नवलपुर टुडे


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वच्छ पत्रकारिताको विकास गर्न आवश्यक रहेको बताएका छन् ।
नागरिक शिक्षित र सुसूचित भएमात्रै सरकार जिम्मेवार बन्नसक्ने बताउँदै उनले त्यसका लागि सञ्चारमाध्यमहरुले सत्य तथ्य सूचना प्रसारण गर्न जरुरी रहेको बताए । राष्ट्रिय समाचार समिति (रासस)को नवनिर्मित कार्यालय भवनको बुधबार बिहान उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘नागरिक जति सुसुचित हुन्छन् सरकार त्यति नै जवाफदेही बन्न बाध्य हुन्छ । अतः नागरिकलाई शिक्षित र सुसूचित गर्ने गरेर सञ्चारमाध्यमहरुले सत्य तथ्य सूचना प्रसारण गर्न जरुरी छ ।’ सत्य तथ्य सूचना प्रसारण गर्न सकेमात्र लोकतन्त्र संस्थागत हुने उनले बताए ।
तथ्यहीन, भ्रामक समाजमा द्वेष फैलाउने वा अतिरञ्जना पैदा गर्ने सूचनाले नागरिकहरुमा भ्रम सिर्जना हुने र पत्रकारिताको मूल मर्ममाथि पनि प्रहार हुने भएकोले स्वच्छ पत्रकारिताको विकास गर्न आवश्यक रहेको प्रधान्मन्त्री देउवाको भनाइ छ । प्रधानमन्त्री देउवाले समाचार सम्प्रेषण जस्तो संवेदनशील विषयमा सबैले जिम्मेवार भएर काम गर्न जरुरी रहेको भन्दै वर्तमान सरकार नागरिकताको सूचनाको अधिकार र प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताए । उनले प्रेस स्वतन्त्रताबाट मात्रै नागरिकको हक अधिकारको पूर्ण सुनिश्चितता हुने पनि बताए ।

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















