नवनियुक्त पाँच राजदूतले लिए शपथ

नवलपुर टुडे
२०७९ साउन ११ | मध्यान्ह ०४:०४ बजे

काठमाडौं । नवनियुक्त पाँच राजदूतले शपथ ग्रहण गरेका छन्। राष्ट्रपतिको कार्यालयमा आज बुधबार एक समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएकी हुन्।
जापानका लागि डा दुर्गा बहादुर सुवेदी, गणतन्त्र दक्षिण अफ्रिकाका लागि दानबहादुर तामाङ, स्पेनका लागि डा शर्मिला पराजुली (ढकाल), रूसी महासंघका लागि मिलन राज तुलाधार र डेनमार्कका लागि प्राडा राम स्वार्थ राय नियुक्त गरिएको थियो।


















