चित्रकार डा.भौकाजीको निधन

नवलपुर टुडे


काठमाडौ । चित्रकार डा.रामकुमार भौकाजीको आज ७२ वर्षका उमेरमा निधन भएको छ । प्रोस्टेटको अर्बुदरोगबाट आज बिहान आफ्नै निवास नयाँ बानेश्वरमा उनी दिवङ्गत भएका हुन् । उनका भाइ साहित्यकार विमल भौकाजीले उनी दिवंगत भएको जानकारी दिए ।
रुसबाट चित्रकला विज्ञानमा विद्यावारिधि गर्नुभएका डा. भौकाजीका ‘जुद्धकला पाठशाला’, ‘स्रष्टा कुलमानसिंह भण्डारी’ र ‘नेपाली कलाकारका समस्या’ शीर्षक कृति (नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नाफाबाट प्रकाशित) तथा कला, संस्कृति र इतिहाससम्बन्धी थुप्रै लेख पत्रपत्रिकामा प्रकाशित छन् । वि.सं २०२९ फागुन २४–२५ मा गृहजिल्ला रामेछाप, साँघुटार बजारमा उनको पहिलो एकल चित्रकला प्रदर्शनी भएको थियो ।
ललितकला महाविद्यालयका पूर्व छात्र उहाँले ‘मेरो नेपाल’ शीर्षकमा विभिन्न ठाउँको दृश्यचित्र रचना गरी थुपै्र प्रदर्शनी पनि गरेका थिए । अविवाहित डा. भौकाजीले गोरखा भूकम्पपछि वसन्तपुर दरबार, सुन्दरीजल बन्दीगृह, टोखा चण्डेश्वरी, पशुपति विश्वरूप आदिका स्थलगत चित्र पनि तयार गरी प्रकाशनमा ल्याएका थिए ।
पशुपति आर्यघाटमा उनको आजै दाहसंस्कार गरिएको छ । उनीप्रति श्रद्धाञ्जलि व्यक्त गर्न आर्यघाटमा नाफाका सदस्य सचिव विपिन घिमिरे, प्राज्ञ रामकृष्ण भण्डारी, पूर्वसांसद देवशङ्कर पौडेल, राजनीतिज्ञ लोककृष्ण भट्टराई, पूर्व प्राज्ञ नारदमणि हार्तम्छाली र रविन कोइराला, सोफाज नेपालका महासचिव देवेन्द्र थुम्केलीलगायत शुभेच्छुकको उपस्थिति थियो । रासस

हङकङका लोकतन्त्रवादी अभियन्ता जोसुवा वङलाई १० वर्षको जेल सजाय

‘पैसा डबल’ गर्ने भन्दै ठगी गर्ने रजक पुनः पक्राउ

रौतहटको डुमरियामा दुई यात्रुबाहक बसबाट भन्सार छलीका सामान बरामद, मूल्य २ लाख २२ हजारभन्दा बढी

वायु प्रदूषण जोखिम कम गर्न काठमाडौँ महानगरको आग्रह

दाङमा दैनिक दुई हजार ५०० कार्टुन अण्डा उत्पादन
अरुपनि पढ्नुहोस
सबै
राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणको प्रक्रिया थालियो

बाख्रापालनको तरिका सिकाउँदै तनहुँ जलविद्युत् आयोजना


मौरिस हर्जोग पदमार्गमा सूचना केन्द्र स्थापना
















