हुम्लाका विद्यालयमा निर्धक्क भएर सेनिटरी प्याडको प्रयोग

नवलपुर टुडे


हुुम्ला, साउन ५ गते । महिनावारी भएका बेला विद्यालय नै नआउने छात्राहरु हिजो आज निर्धक्कका साथ विद्यालयमै प्याड प्रयोग गर्न थालेकी छन् । विद्यालयको एउटा सुरक्षित स्थानमा सेनिटरी प्याड निकाल्ने भेण्डर मेशिन जडान गरिएपछि छात्राले प्याड प्रयोग गर्न थालेका हुन् । खार्पुनाथ गाउँपालिका–५ को मान्धारा माध्यामिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा बिनीता परियारले मेशिन जडान गरे लगत्तै एउटा प्याड झिकेर प्रयोग गर्नुभयो ।
यसअघि प्याड नहुुदा कपडा प्रयोग गर्ने परियारले मेशिन जडान पछि प्याड प्रयोग गर्न सहज भएको बताउनुुभयो । उहाँले आफुु जस्तै महिनावारी हुने छात्राहरु निर्धक्कका साथ आवश्यक परेको बेला सेनिटरी प्याड स्मार्ट कार्ड मेशिनमा इन्स्टल गरेर झिक्न पहिले जस्तो लाज मान्न छोडेको बताउनुुभयो । एक दिन अगाडी उक्त मेशिन जडान गरिएको विद्यालयका प्रधानाध्यापक दिलबहादुुर शाहीले बताउनुुभयो । उहाँले मेशिन जडानपछि विद्यालयमा महिनावारी हुने उमेरका छात्रा र शिक्षक गरि साठी जना रहेको र उहाँहरु सबैलाई सहज भएको बताउनुुभयो ।
नयाँ जडान गरिएको मेशिनमा एक पटकका लागि साठी वटा प्याड प्रयोग गर्न सकिन्छ । उहाँले यसबाट अब विद्यालयमा छात्रालाई सहज हुनुुका साथै उपस्थिती पनि बढ्ने बिस्वास ब्यक्त गर्नुभयो । यसअघि उक्त विद्यालयमा केही छात्राहरु महिनावारी भएको बेला घरबाट नआउने र विद्यालयमा अध्ययन गरि रहेका बेला महिनावारी भए विद्यालय छोडेर जाने समस्या थियो । मेशिन जडान भएपछि छात्राहरुलाई निक्कका साथ प्रयोग गर्न विद्यालयले सहजिकरण समेत गरेको थियो । मेशिन युरोपियन युुनियन लगाएत सहयोगी निकायको आर्थिक सहयोगमा ग्रामीण जलश्रोत ब्यवस्थापन परियोजनाले जडान गरेको हो । भेण्डर मेशिनबाट निर्धक्क साथ सेनिटरी प्याड झिक्दै छात्रा परियार । तस्बिर: राजन रावत

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















