राजनीति

अगामी प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा सत्ता गठबन्धन दलहरुसंग तालमेल गर्ने कांग्रेसको निर्णय

नवलपुर टुडे
२०७९ साउन २ | मध्यान्ह ०६:०४ बजे

काठमाडौ । नेपाली कांग्रेसले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दलहरुसँग तालमेल गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय, सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले गठबन्धनका दलहरुसँग सम्वाद गरेर चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेको हो ।

पार्टीलाई आसन्न प्रदेश र प्रतिनिधिसभामा प्रष्ट बहुमततर्फ लक्षित गराउने भन्दै कांग्रेसको निर्णयमा भनिएको छ, ‘संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढीकरणका लागि जनताको समुन्नतिको सपनालाई स्थिर सरकारमार्फत सम्बोधन गर्नका लागि केन्द्रीय समितिको यो बैठक सत्ता गठबन्धनमा रहेका दलहरुसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गर्दछ ।’

तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्ध लगायतका विषयमा न्यूनतम साझा धारणा निर्माण गर्नुपर्ने कांग्रेसले बताएको छ ।

कमेन्टहरु