भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबिच लोकतान्त्रिक सहकार्यको इतिहास छ : अध्यक्ष खर्गे

रासस

सारांश
- भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खर्गेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सफलताका लागि सभापति गगनकुमार थापालाई शुभकामना सन्देश पठाउनुभएको छ।
- सन्देशमा दुई पार्टीबीच लोकतन्त्रको स्थापना, संरक्षण र नागरिक स्वतन्त्रताका क्षेत्रमा लामो समयदेखि घनिष्ठ सहकार्य रहँदै आएको उल्लेख गरिएको छ।
- अध्यक्ष खर्गेले महाधिवेशनले बिपी कोइरालाले अघि सार्नुभएको लोकतान्त्रिक मूल्य-मान्यता र सामाजिक न्यायका विषयमा छलफल गर्न महत्त्वपूर्ण अवसर प्रदान गर्ने बताएका छन्।
काठमाडौँ । भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खर्गेले भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबिच लोकतन्त्रको स्थापना, संरक्षणलगायत क्षेत्रमा लामो समयदेखि घनिष्ठ सम्बन्ध र सहकार्य रहँदै आएको बताएका छन् ।
कांग्रेसको १५औँ महाधिवेशनका अवसरमा सभापति गगनकुमार थापालाई शुभकामना सन्देश पठाउँदै अध्यक्ष खर्गेले दुई देशका राजनीतिक दलबीचको लोकतान्त्रिक सहकार्यको स्मरण गरेका हुन् । उनले कांग्रेसको महाधिवेशन संस्थापक नेता बिपी कोइरालाले अघि सारेका लोकतान्त्रिक मूल्य-मान्यता, नागरिक स्वतन्त्रता र सामाजिक न्यायका विषयमा छलफल गर्ने महत्त्वपूर्ण अवसर भएको बताए ।
उनले भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतन्त्रको हितमा आपसी समझदारी, ऐक्यबद्धता र सहकार्यको लामो तथा घनिष्ठ इतिहास रहेको उल्लेख गरे । “म यी सम्बन्धहरू र हाम्रा दुई पार्टी तथा दुई देशबीचको स्थायी सम्बन्धलाई उच्च सम्मान गर्दछु”, अध्यक्ष खर्गेले भनेका छन् ।

भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबिच लोकतान्त्रिक सहकार्यको इतिहास छ : अध्यक्ष खर्गे

दसैँअघि नै बेत्रावतीमा बेलीब्रिज सञ्चालनमा आउने

पार्टीको जिम्मेवारीसँगै जिल्लाको समृद्ध विकासमा प्रतिबद्ध रहने शाहानिको भनाइ

विजयनगरमा जिल्ला स्तरीय इनामी क्विज प्रतियोगिता सम्पन्न

अमेरिकी गाडी उद्योगमा उत्पादन र लगानी विस्तारको तयारी
अरुपनि पढ्नुहोस
सबै
स्पेनमा घर भाडा र आवास सङ्कट : लाखौँ प्रदर्शनकारी सडकमा

काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना

जापानमा महिलाको हत्या गरेको आरोपमा एक अमेरिकी नौसैनिक पक्राउ
















