जापानमा महिलाको हत्या गरेको आरोपमा एक अमेरिकी नौसैनिक पक्राउ

एजेन्सी

सारांश
- जापानको ओकिनावास्थित एक होटलमा ३९ वर्षीया जापानी महिलाको हत्या र लुटपाट गरेको आशङ्कासहित २० वर्षीय अमेरिकी नौसैनिक पक्राउ परेका छन्।
- होटलको सीसीटीभी फुटेजमा पक्राउ परेका सैनिक ती महिलासँगै कोठामा प्रवेश गरेको र केही समयपछि सामान बोकेर बाहिरिएको दृश्य देखिएको छ।
- अमेरिकी दूतावासले घटनाको अनुसन्धानमा जापानी अधिकारीहरूसँग सहकार्य भइरहेको जनाएको छ भने यसले स्थानीय स्तरमा अमेरिकी सैन्य उपस्थितिलाई लिएर पुनः विवाद सिर्जना गरेको छ।
टोकियो । जापानको ओकिनावा द्वीपमा एक अमेरिकी नौसैनिक (मरीन)लाई महिलाको हत्या र लुटपाटको आशंकामा पक्राउ गरिएको स्थानीय प्रहरीले जनाएको छ ।
ओकिनावाको नाहा सहरस्थित एक होटलको कोठामा शनिबार बिहान ३९ वर्षीया जापानी महिला अचेत अवस्थामा फेला परेकी थिइन् । घटनास्थलमै उनलाई मृत घोषित गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्ने अमेरिकी नौसैनिक २० वर्षीय रहेको र उनी ओकिनावामै रहेको अमेरिकी मरीन कोरको फुतेन्मा एयर स्टेसनमा कार्यरत रहेको प्रहरीले जनाएको छ । उनलाई आइतबार हत्या र लुटपाटको आशंकामा नियन्त्रणमा लिइएको हो ।
प्रहरीका अनुसार होटलमा जडान गरिएको सीसीटीभी फुटेजमा विदेशी नागरिकजस्तो देखिने एक छोटो कपाल काटेको पुरुष महिलासँगै होटलको कोठामा प्रवेश गरेको देखिएको थियो । केही समयपछि ती पुरुष महिलाका सामान हातमा बोकेर होटलबाट बाहिरिएको दृश्य पनि सीसीटीभीमा देखिएको प्रहरीले जनाएको छ ।
घटनाबारे अनुसन्धान जारी रहेको जापानस्थित अमेरिकी दूतावासले जनाएको छ । दूतावासले सामाजिक सञ्जाल एक्समार्फत एक अमेरिकी सैनिक ओकिनावामा एक जापानी नागरिकको मृत्यु भएपछि हिरासतमा रहेको जानकारी आफूले पाएको जनाएको छ ।
‘घटनाको तथ्य पत्ता लगाउन अनुसन्धान भइरहेका बेला अमेरिका जापान सरकार र स्थानीय अधिकारीहरूसँग सम्पर्क तथा सहकार्य गरिरहेको छ,’ दूतावासले भनेको छ ।
अमेरिकी समाचार संस्था सीएनएनले घटनाबारे अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) र अमेरिकी मरीन कोरसँग प्रतिक्रिया मागेको छ । उनीहरूको प्रतिक्रिया सार्वजनिक भइसकेको छैन ।
ओकिनावा जापानमा अमेरिकी सैन्य उपस्थितिको प्रमुख केन्द्र हो । त्यहाँ अमेरिकी सैनिकको ठुलो उपस्थिति रहेको कारण विगतमा पनि स्थानीय बासिन्दा र अमेरिकी सैन्य आधार बिचको सम्बन्ध तथा सैनिक संलग्न घटनालाई लिएर विवाद हुँदै आएको छ ।
यस घटनामा पक्राउ परेका अमेरिकी मरीन माथिको आरोप पुष्टि भइसकेको छैन । प्रहरीले घटनाको अनुसन्धान अघि बढाइरहेको छ ।

पुर्व गृह राज्यमन्त्री देवेन्द्रराज कँडेलले सहमहामन्त्री पदमा दिए उम्मेदवारी

काठमाडौंसहित यी पाँच प्रदेशमा असिनापानी र हावाहुरी

विश्वप्रकाश शर्माले वारिसमार्फत दर्ता गराए वरिष्ठ उपसभापतिमा उम्मेदवारी

दसैँका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने

कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी
अरुपनि पढ्नुहोस
सबै
कांग्रेस उपसभापतिमा उद्योगी तथा नेपाली कांग्रेसका नेता विनोद चौधरीको उम्मेदवारी

चितवनमा गैंडाको आक्रमणमा परी घाइतेको उपचारका क्रममा मृत्यु

कांग्रेस १५औँ महाधिवेशनमा उमेदवारी दर्ता जारी

धरानमा बढ्दै साइक्लिङको क्रेज, खेलकुददेखि पर्यटनसम्म जोडिँदै युवा















