Opens in a new tab

विजयनगरमा जिल्ला स्तरीय इनामी क्विज प्रतियोगिता सम्पन्न

नन्द किशोर कुर्मी (लालु)

21.8KShares

सारांश

  • कपिलवस्तुको विजयनगरमा जिल्ला स्तरीय इनामी क्विज प्रतियोगिता सम्पन्न भएको छ।
  • प्रतियोगितामा मुस्ताक अहमद प्रथम, मोहम्मद अहमद द्वितीय र मोहम्मद शाहनाज तृतीय भएका छन्।
  • विजेता विद्यार्थीहरूलाई नगद पुरस्कार प्रदान गर्नुका साथै उनीहरूको शैक्षिक क्षमता विकासमा सहयोग पुगेको छ।

कपिलवस्तु । विजयनगर गाउँपालिका–७ स्थित मदरसा अहले सुन्नत गौसियामा जिल्ला स्तरीय इनामी क्विज प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा विभिन्न मदरसाका विद्यार्थीहरूको सहभागिता रहेको थियो।

प्रतियोगितामा मुस्ताक अहमद प्रथम भएका छन्। उनी मदरसा हनफिया रजवीया–३, पत्थरदेइयाका विद्यार्थी हुन्। त्यस्तै मोहम्मद अहमद द्वितीय भएका छन्। उनी जामिया कादरिया, विजयनगर–४ बरगदवाका विद्यार्थी हुन्।

यसैगरी मोहम्मद शाहनाज तृतीय भएका छन्। उनी मिस्नाहुल उलूम, यशोधरा–६ रंगपुरका विद्यार्थी हुन्।

प्रतियोगितामा प्रथमलाई रु. ५ हजार, द्वितीयलाई रु. ७ हजार र तृतीयलाई रु. ११ हजार नगद पुरस्कार प्रदान गरिएको छ।

कार्यक्रमले विद्यार्थीहरूको ज्ञान, क्षमता तथा शैक्षिक प्रतिस्पर्धात्मक भावना विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ।