मुख्य समाचार

अत्यधिक गर्मी बढेपछि रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा एक साता विद्यालय बन्द

नवलपुर टुडे
२०७९ साउन २ | मध्यान्ह ०३:०४ बजे

रुपन्देही, साउन २ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले ७ दिन बिदा दिएको छ । अत्यधिक गर्मी बढेका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्ने भन्दै नगरपालिकाले एक साता बिदा दिइएको सिद्धार्थनगर नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका शिक्षा अधिकृत जाह्नवी पाण्डेयद्वारा जारी सूचनामा वर्षे विदाबाट कट्टी गर्ने गरी ३ गतेदेखि साउन ९ गतेसम्म ७ दिनका लागि सम्पूर्ण संस्थागत तथा धार्मिक विद्यालय विदा दिने निर्णय भएको उल्लेख छ ।

पछिल्लो हप्ता बुटवल-भैरहवामा अत्यधिक गर्मी बढेपछि सर्वसाधारणको जनजीवन समेत प्रभावित बनेको छ ।

photo 2022 07 18 15 09 59

कमेन्टहरु