विराटनगरको नाङ्लो रेस्टुरेन्टमा आगलागी

नवलपुर टुडे
२०७९ असार ३० | मध्यान्ह ०३:०३ बजे

विराटनगर, असार ३० । विराटनगर उपमहानगरपालिका – २ स्थित नाङ्लो रेस्टुरेन्टमा आगलागी भएको छ । रेस्टुरेन्टमा दिउँसो १२ बजे अचानक आगलागी भएको प्रहरीले बताएको छ ।
मोरङ प्रहरीका अनुसार ईश्वर बास्कोटाले सञ्चालन गरेको उक्त रेस्टुरेन्ट आगलागीबाट पूर्णरूपमा क्षति भएको छ । क्षतिको पूरा विवरण भने आइ नसकेको प्रहरीले जनाएको छ । आगलागी कसरी सुरु भयो भन्नेबारे पनि खुल्न सकेको छैन ।
विराटनगर महानगरपालिकाको दमकल, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय मिलेर आगो नियन्त्रणमा लिएका थिए । ग्यास सिलिण्डर लिकेज भएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ ।























