मुख्य समाचार

राष्ट्रपति भण्डारीले गरिन् इजिप्ट र अष्ट्रियाका लागि राजदूत नियुक्त

नवलपुर टुडे
२०७९ असार २७ | मध्यान्ह ०४:०३ बजे

काठमाडौं, असार २७ । राष्ट्रपति विद्यादेवी भण्डारीले इजिप्ट र गणतन्त्र अष्ट्रियाका लागि नेपाली राजदूत नियुक्त गरेकी छन् ।

सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले इजिप्टका लागि सुशीलकुमार लम्साललाई र गणतन्त्र अष्ट्रीयाका लागि भरतकुमार रेग्मीलाई आवासीय नेपाली राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा सोमबार उनीहरुलाई नियुक्त गरेकी हुन् ।

कमेन्टहरु