मुख्य समाचार

लामो दौडका क्रममा लडेर बेहोस भएका प्रहरी जवानको मृत्यु

नवलपुर टुडे
२०७९ असार २६ | बिहान ११:०३ बजे

डोटी, असार २६ । सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलमा लामो दौडका क्रममा लडेर बेहोस भएका अछामको मेल्लेख गाउँपालिका–६ झाडीगाउँका २१ वर्षीय प्रशिक्षार्थी प्रहरी जवान भरत बोहराको मृत्यु भएको छ ।

तालिम केन्द्रका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार बोहरा असार २२ गते १० किलोमिटर लामो दौडका क्रममा लडेर बेहोस भएका र उपचारका क्रममा उनको मृत्यु भएको हो ।

घाइते बोहराको लामो समयसम्म होस नआएपछि हेलिकोप्टरमार्फत उपचारका लागि कोहलपुर सिफारिस गरिएकामा उपचारकै क्रममा कोहलपुरस्थित शिक्षण असपतालमा मृत्यु भएको सूचना अधिकारी बोहराले बताए ।

उनको मृत्युको अन्य कारण नखुलेको र शव परीक्षणपछि थाहा हुने सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलले जनाएको छ । रासस

कमेन्टहरु