बारा जिल्लाको इमेज पानी बोतल भित्र फेला पर्यो किरा

नवलपुर टुडे


बारा, २३ असार । तराईको बारा जिल्लामा मात्र नभई मधेस प्रदेशकै चर्चित पानीको बोतलको रुपमा मानिने इमेज पानीको बोतल भित्र किरा फेला परेको तथ्य उजागर भएको छ । बाराको कलैया स्थित रहेको इमेज पानीको फ्याक्ट्री भित्रै भएको लापरवाहीका कारण इमेज पानीको बोतल भित्र किरा फेला पर्न थालिएको हो ।
धेरै कम समयमा मधेस प्रदेशकै जिल्लाहरुमा नाम कमाउन सफल भएको इमेज पानीको बोतल भित्र किरा फेला पर्नुले चर्चाको बिषय पाएको छ । मधेस प्रदेशका शहरहरुमा अधिकांश बिक्रि वितरण हुने पानीको बोतल मध्ये इमेज पानीको बोतल भित्र किरा फेला पर्नुले ग्राहक संग ठगी हुदै आएको रहस्य उजागर भएको छ । इमेज पानीको बोतल बजारमा प्रति बोतल २५ रुपैयाको दरले बिक्रि वितरण हुने गरेपनि ग्राहकको जिउधन संग खेलवाड भइरहेको पुष्टि समेत भएको छ ।
इमेज पानीको ग्राहकहरुले आफुहरु संग उद्योगले ठगि गर्दै आएको दुखेसो समेत पोख्न थालेका छन । ग्राहकहरुका अनुसार कहिले चापा कलको पानी नै प्रयोग गरी प्याकिङ गर्ने गरेको कारण आफुहरु ठगिएको बताउछन । इमेज पानीको लापरवाहीले आफ्नो ग्राहक समेत रुष्ट हुने गरेको कलैया स्थित एक होटल संचालकले दुखेसो पोखेका छन ।
यता अनुगमन गर्ने निकाय भनिएको जिल्ला प्रशासन कार्यालय लगायत बाणिज्य आपुर्ती तथा उपभोक्ता संरक्षण कार्यालय वीरगंजको कमि कमजोरी र फितलो काम कारवाहीका कारण उद्योगीहरु ग्राहकलाई ठग्दै आएको स्थानीय ग्राहक बताउछन । अनुगमन गर्ने निकायको मौनताकै कारण उद्योगीहरु सहजै तरिकाले ग्राहकलाई ठग्दै आएको आरोप स्थानीय ग्राहकहरुको रहेको छ ।
यता यस बिषयमा इमेज पानीका संचालक बिजय यादवले कमि कमजोरी भएको स्वीकार्दै केही हुन नसक्ने बताउनु भयो । इमेज पानीको बोतल भित्र किरा फेला परेको बिषयमा समाचार उजागर नगर्नको निम्ति संचारकर्मीलाई आर्थिक प्रलोभन समेत दिएको खुल्न आएको छ । आर्थिक प्रलोभनलाई संचारकर्मीले नस्वीकार्दा केही हुन नसक्ने भन्दै आक्रोष पोखे । जति समाचार लेखेपनि स्थानीय प्रशासनले ५ हजारको फाइन काट्ने र पुनः दोश्रो पटक संचालनमा ल्याउने संचालक बिजय यादवको भनाई रहेको थियो ।

सादा पोसाकमा परिचालित प्रहरीले निगरानी बढाउँदै

१ सय २५ रक्तदाताको मानवीय योगदान, विजयनगरमा रक्तदान उत्साहजन

तिहारका लागि पोखरा आइपुगे भेँडाच्याङ्ग्रा

यस्ताे छ आजका लागि तोकिएकाे विदेशी मुद्राको विनिमयदर

यी पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना
अरुपनि पढ्नुहोस
सबै
आज कात्तिक कृष्ण त्रयोदशीः काग तिहार पर्व मनाइँदै

काठमाडौं २४ घण्टा खुलाउने तयारी

डिजिटल युगमा पनि जोगिँदै मादलको आकर्षण, तिहारमा माग उच्च

तिहार बिदामा निगमको डिपो खुला रहने
















