मुख्य समाचार

पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै सार्वजनिक यातायातको भाडा पनि बढ्यो (सूचीसहित)

नवलपुर टुडे
२०७९ असार ६ | मध्यान्ह ०१:०३ बजे

काठमाडौं, असार ६ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै सार्वजनिक सवारीसाधनको भाडा पनि बढेको छ ।

इन्धनको मूल्यअनुसार स्वचालित प्रणालीमार्फत भाडा समायोजन हुने व्यवस्थाअनुरूप यातायात व्यवस्था विभागले अन्तर प्रदेश यात्रुबाहक तथा मालबाहक यातायातमा ५.३ प्रतिशतदेखि अधिकतम ७.७ प्रतिशतसम्म भाडा बढाएको हो ।

यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यात्रुबाहक सवारी साधनमा ५.३० प्रतिशत र पहाडी बाटोमा संचालन हुने मालबाहक सवारीमा ६.९४ प्रतिशत तथा तराईका बाटोमा संचालन हुने मालबाहक सवारीसाधनमा ७.७ प्रतिशत भाडा बढाएको छ ।

स्थानीय रूटमा सञ्चालन हुने यातायातको भाडा भने यथावत रहने विभागले जनाएको छ । नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर २१ रूपैयाँ तथा डिजेल/मट्टितेलमा प्रतिलिटर २७ रुपैयाँ बढाएको थियो ।

हेर्नुहोस् नयाँ भाडादरको सूची

BL_final_2079_02_20_अन्तर_प्रदेश_भाडादर

कमेन्टहरु