मुख्य समाचार

प्रधानमन्त्री देउवा र अमेरिकी सेनाका एसिया-प्रशान्त क्षेत्र प्रमुखबीच शिष्टाचार भेटबार्ता

नवलपुर टुडे
२०७९ जेष्ठ २७ | मध्यान्ह ०४:०२ बजे

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालसँग अमेरिकी सेनाका एसिया-प्रशान्त क्षेत्र प्रमुख जनरल चाल्स एन्थोनी फ्लिनले भेटवार्ता गरेका छन् । बिहिवार भारत हुँदै नेपाल भ्रमणमा आएका फ्लिनले शुक्रबार दिउँसो प्रधानमन्त्री देउवासँग शिष्टाचार भेटवार्ता गरेका हुन्।

भेटमा मानवीय सहायता र विपद् व्यवस्थापनलगायतका विषयमा छलफल भएको थियो। ‘अमेरिकी सेना, प्रशान्त क्षेत्रका कमान्डिङ जनरल चार्ल्स ए. फ्लिनले आज नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरी मानवीय सहायता र विपद् व्यवस्थापन लगायतका विषयमा छलफल गर्नुभयो र राष्ट्रसंघीय शान्ति स्थापना मिसनहरूमा नेपालको निरन्तर योगदानको प्रशंसा पनि गर्नुभयो,’ नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ।

जनरल फ्लिनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्रालयले जनाएको छ । नेपाल बसाइका क्रममा अमेरिकी जनरल फ्लिनले प्रधानसेनापति शर्मासँग द्विपक्षीय हितका बारेमा छलफल गर्ने कार्यक्रम छ।

कमेन्टहरु