मुख्य समाचार

बर्दियामा प्रहरीको गोली लागेर किशोरीको मृत्यु भएको घटनाबारे छानबिन गर्न गृहद्वारा समिति गठन

नवलपुर टुडे
२०७९ जेष्ठ २४ | मध्यान्ह ०१:०२ बजे

बर्दिया, जेठ २४ । बर्दियामा प्रहरीले चलाएको गोली लागेर एक किशोरीको मृत्यु भएको घटनामा छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ ।

सोमबार मधुवन नगरपालिका-२ मा १८ वर्षीया नविना थारूको मृत्यु भएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले सहसचिव हरि घिमिरेको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिलाई काम सुरू गरेको मितिले ७ दिनभित्र घटनाका सम्बन्धमा स्थलगत रूपमा छानबिन गरी प्रतिवेदन पेस गर्ने निर्देशन दिइएको छ ।

समितिमा राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभागका उप-महानिर्देशक (सहसचिव) बेदकुमार ढकाल, नेपाल प्रहरीका उपरीक्षक कृष्ण कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप-अनुसन्धान निर्देशक विकास पाण्डे र गृह मन्त्रालयका उपसचिव ध्रुब खड्का सदस्य छन् ।

गृह मन्त्री बालकृष्ण खाँणले छानबिन समिति गर्हन गरिएको बारे संसदमा पनि जानकारी गराएका छन् ।

कमेन्टहरु