एमाले संसदीय दलको बैठक आज ११ बजे बस्दै

जगत ठाडा मगर
२०७८ फाल्गुन २ | बिहान ०६:११ बजे

काठमाडौं, फागुन २ । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संसदीय दलको बैठक आज बस्ने भएको छ। आज बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बैठक बस्ने एमालेले जनाएको छ।
बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता गराइएको महाअभियोग प्रस्तावका विषयमा छलफल हुनेछ।
महाअभियोग प्रस्तावको संसदीय प्रक्रियाबाट एमालेले प्रतिवाद गर्ने तयारी गरेको छ।






















