राजनीति

सभामुखको आह्वानमा आज दिउँसो २ बजे सर्वदलीय बैठक

जगत ठाडा मगर
२०७८ फाल्गुन २ | बिहान ०६:११ बजे

काठमाडौं, फागुन २ । सभामुख अग्निप्रसाद सापकोटाले आजका लागि सर्वदलीय बैठक आह्वान गरेका छन् ।

संसद्मा प्रतिनिधित्व गर्ने दलका नेतालाई छलफलमा बोलाएका हुन् । आज दिउँसो २ बजे सिंहदरबारस्थित संसद् सचिवालयमा बैठक बस्ने सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको बताइएको छ । बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता भने सहभागी हुने/नहुने टुंगो छैन । एमाले सभामुखप्रति रुष्ट छ । एमाले नेताले सभामुखको राजीनामा समेत माग्दै आएका छन् ।

कमेन्टहरु