राजनीति

जनमाेर्चा र माओवादीका ३५ नेता कार्यकर्ता एमाले प्रवेश

जगत ठाडा मगर
२०७८ फाल्गुन १ | मध्यान्ह ०३:११ बजे

रुपन्देही, फागुन १ । राष्ट्रिय जनमोर्चा निकट मजदुर संगठनका काठमाडौं जिल्ला अध्यक्ष धर्म सिमालीसहित तीन दर्जन नेता कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन् ।

आइतबार अध्यक्ष सिमाली र माओवादी केन्द्र काठमाडौं जिल्ला सदस्य जुद्धबहादुर नेपालीसहित तीन दर्जन नेता कार्यकर्तालाई एमाले महासचिव शंकर पोखरेलले पार्टी प्रवेश गराएका हुन् । पार्टीको केन्द्रीय कार्यालयमा उनीहरुलाई एमालेमा स्वागत गर्दै महासचिव पोखरेलले एमालेको पहिचानलाई थप बलियो बनाउन आग्रह गरेका थिए ।

दाङ स्थायी घर भएका उनीहरु राजधानीमा रहेर विभिन्न पेशा व्यवसाय गर्दै आएका थिए । जनमोर्चा छाडेर एमालेमा आएका नेता धर्म सिमालीले एमालेले अंगालेको विचारबाट मात्रै देशको विकास हुने विश्वासले पार्टी प्रवेश गरेको बताएका थिए । उनले अब एमालेमै रहेर देश र जनताको पक्षमा राजनीति गर्ने प्रतिवद्धता व्यक्त गरे ।

माओवादी छाडेर एमाले आएका नेता नेपालीले एमालेको नीति र विचारबाट आफू प्रभावित भएको बताएका थिए ।

कमेन्टहरु