राजनीति

एमालेले सांसदलाई काठमाडौं बोलायो, साँझ सचिवालय बैठक

जगत ठाडा मगर
२०७८ फाल्गुन १ | मध्यान्ह ०१:११ बजे

काठमाडौ, फागुन १ । देश स्थानीय तह निर्वाचनतिर गइरहेका बेला सत्ता साझेदार तीन दलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग दर्ता गराएपछि एमालेले सचिवालय बैठक बोलाएको छ ।

प्रमुख प्रतिपक्षी दलले आफ्ना सबै सांसद र नेताहरुलाई तत्कालै काठमाडौं आउन निर्देशन दिएको छ । एमाले उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवास नेम्वाङका अनुसार आइतवारै साँझ सचिवालय बैठक बस्दैछ।

‘सत्तारुढ दलको यो कदम बारेमा औपचारिक धारणा बनाउन आजै सचिवालय बैठक बोलाएका छौँ’,भोलि दिउँसो हामी संसदीय दलको बैठक पनि बस्दैछौँ। यसबारे छलफल गरेर ठोस धारणा बनाउँछौँ।’

कमेन्टहरु