राजनीति

न्यायालयको गरिमा जोगाउन प्रधानन्यायाधीशलाई महाअभियोग : कानुनमन्त्री

जगत ठाडा मगर
२०७८ फाल्गुन १ | मध्यान्ह ०१:११ बजे

काठमाडौं, फागुन १ । कानुनमन्त्री तथा नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले न्यायालयमा देखिएको गतिरोध हल गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग दर्ता गरिएको बताएका छन्।

प्रधानन्यायाधीशमा न्यायालयको गरिमा जोगाउने चिन्ता नदेखिएकाले पनि महाअभियोग दर्ता गर्नुपरेको मन्त्री बडुको भनाइ छ । ‘न्यायपालिका गतिरोधमा रह्यो भने न्यायापालिकाको आवश्यकता र गरिमामाथि प्रश्न उठ्न सक्ने देखियो। त्यसकारणले प्रतिनिधिसभाका सांसदहरुले संवैधानिक निकास खोज्ने प्रयत्न गर्नुभएको हो,’ आइतबार बिहान सिंहदरबारस्थित संसद् सचिवालयमा महाअभियोग दर्ता गराएपछि बडुले भने।

मन्त्री बडुले सर्वोच्चको गतिरोध अन्त्य गर्न र न्यायालयको गरिमा जोगाउन संवैधानिक प्रक्रियाबाट प्रधानन्यायाधीश हटाउने बाटो अपनाइएको बताए। दर्ता भएको महाअभियोग अब प्रक्रियामा अगाडि बढ्ने उनले जानकारी दिए।

कमेन्टहरु