Opens in a new tab

जनता प्रगतिशील पार्टीको केन्द्रीय महासचिवमा पूर्व मन्त्री मिश्र चयन

जगत ठाडा मगर

29Shares
dida bag ad

कपिलवस्तु, माघ २९ । जनता प्रगतिशील पार्टीको महासचिवमा कपिलवस्तुका नेता तथा पूर्व मन्त्री ईश्वर दयाल मिश्र चयन भएका छन् । हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीको केन्द्रिय महासचिवमा मिश्र चयन भएका हुन् ।

जनता प्रगतिशील पार्टी नेपालको सातौँ ठूलो राजनीतिक दल हो । पार्टी आधिकारिक रूपमा वि.सं २०७८ मङ्सिर २८ मा घोषणा गरिएको थियो । जनता प्रगतिशील पार्टी निर्वाचन आयोगमा अधिकारिक रूपमा पार्टी दर्ता गराइएको छ । अध्यक्षमा हृदयेश त्रिपाठी, बरिष्ठ उपाध्यक्षमा डा. शिव जी यादव, उपाध्यक्षमा हर्क लाल सिंह राजवंशी, मोहम्मद साविर हुसेन र फरहान अकबाल खां, महासचिवमा ईश्वर दयाल मिश्र तथा डा.भरत कुमार थापा रहेका छन् ।

कपिलवस्तु जिल्लाका विभिन्न क्षेत्रका राम रूप बढ्ई, गोबर्धन मौर्य, त्रिलोकी यादव, राजमन चौधरी, हरिराम तेली, सहमा मुसलमान, बब्बु यादव, राघवेंद्र मणि त्रिपाठी, गुड्डू चौधरी, राजमन केवट, दिल बहादुर केवट, अंशु मिश्र, अनुराग पाण्डेय, देवराज चौधरी, बहाउ कुर्मी, पहलवान तेली, इन्द्रजीत यादव, नगेन्द्र मिश्र, जुनेद खां, वृजमोहन पासी, दिलसाद अहमद खां, लल्लू कोरीलगायत हजारौं समर्थकले कपिलवस्तु जिल्लाको विकास प्रेमी नेताको रूपमा परिचित रहेका ईश्वर दयाल मिश्र (बिरेन्द्र मिश्र) जनता पार्टी प्रगतिशील पार्टीको केन्द्रीय महासचिवमा चयन भएको कुरा जिल्लाको लागि राम्रो सूचक रहेको आकलन गरेका छन् ।

साथै महासचिवमा छनोट भएको प्रति हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका छन् ।