कांग्रेसको जिल्ला अधिवेशन फागुन १३ गते गर्ने

जगत ठाडा मगर
२०७८ माघ २८ | मध्यान्ह ०६:१० बजे

काठमाडौं, माघ २८ । नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिको आज (शुक्रबार) बसेको बैठकले उक्त निर्णय गरेको हो।
यसअघि माघ १५ गतेका लागि तोकिएको भएपनि अधिवेशन स्थगित भएको थियो । कांग्रेसको अन्य सबै जिल्लामा अधिवेशन सम्पन्न भइसक्दा पनि सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाम गरी १६ जिल्लामा अधिवेशन गर्न बाँकी छ।






















