स्थानीय निर्वाचनमा चुनाव चिन्ह नदिने आयोगको निर्णयविरुद्ध २४ दलले संघर्ष गर्ने


काठमाडौं । स्थानीय निर्वाचनमा चुनाव चिन्ह नदिने कानूनी व्यवस्थाविरुद्ध २४ दलले आन्दोलन गर्ने भएका छन् । राष्ट्रिय मान्यता प्राप्त नगरेका राजनीतिक दलहरूलाई निर्वाचनमा चुनाव चिन्ह नदिने निर्वाचन आयोगको निर्णयविरुद्ध आन्दोन गर्ने भएका हुन् ।
आयोगले ६ दललाई मात्र चुनाव चिन्ह दिने बताउँदै आएको छ । विवेकशील साझा पार्टीको केन्द्रीय कार्यालयमा शुक्रबार बसेको बैठकले निर्वाचन आयोगमा दर्ता भएर सम्पूर्ण विधि प्रक्रिया पूरा गरेका दलहरूलाई स्थानीय निर्वाचनमा पार्टीको चुनाव चिन्ह प्रयोग नदिने कानूनी व्यवस्था अन्यायपूर्ण भएको ठहर गरेको छ ।
बैठकले सबै दलहरूले समान रूपमा आफ्नो दलको चुनाव चिन्ह स्थानीय निर्वाचनमा प्रयोग गर्न पाउनुपर्ने विषयमा यसअघि भएका सामूहिक संघर्ष तथा पहलकदमीकोसमेत अपनत्व लिँदै ‘चुनाव चिन्ह संघर्ष समिति’ गठन गरि तुरुन्तै दबाबमूलक कार्यक्रमहरू आयोजना गर्ने निर्णय गरेको छ ।






















