राजनीति

एमाले चितवनको अध्यक्षमा रामप्रसाद न्यौपाने चयन

जगत ठाडा मगर
२०७८ माघ २६ | बिहान १०:१० बजे

चितवन । नेकपा (एमाले) चितवनको अध्यक्षमा रामप्रसाद न्यौपाने चयन भएका छन् । १० औं जिल्ला अधिवेशन उद्घाटन भएको एक महिनापछि एमाले चितवनले नयाँ नेतृत्व पाएको हो ।

अधिवेशन उद्घाटन भएसँगै कोरोनाको तेस्रो लहर सुरुभएपछि अनिश्चितकालका लागि अधिवेशन स्थगित गरिएको थियो । काेराेना मत्थर भएसँगै एमाले चितवनको अध्यक्षमा न्यौपानेलाई चयन गरिएकाे हो । २०३४ सालमा माडीमा जन्मिएका उनी २६ वर्षदेखि एमालेको पूर्णकालीन राजनीतिमा छन् ।

यसअघिकाे कार्यसमिति अध्यक्ष पार्वती रावल केन्द्रीय सदस्यमा निर्वाचित भएपछि जिल्ला नेतृत्व परिवर्तन भएकाे हाे । त्यस्तै जिल्ला कार्यसमिति उपाध्यक्षमा कमलराज पाठक, सचिवमा सैलेश खनाल, सहसचिवमा चन्द्रकान्त न्यौपाने र प्रकाश ढुंगाना चयन भएका छन् ।

आज नै १३२ सदस्यीय जिल्ला कमिटी घोषणा हुँदैछ । जिल्ला कमिटीको आज दिउँसो १ बजे जिल्ला पार्टी कार्यालयमा सपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

कमेन्टहरु