भोलि बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित

जगत ठाडा मगर
२०७८ माघ २५ | मध्यान्ह ०९:१० बजे

काठमाडौं, माघ २५ । सरकारको आग्रहमा भोलिका लागि बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित गरिएको छ । एमसीसी विवादका कारण भोलि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित गरिएको हो ।
संसद् सचिवालय स्रोतका अनुसार बैठक आगामी फागुन २ गते बस्ने गरी बैठक स्थगित गरिएको छ । एमसीसी संसदबाट अनुमोदन गर्नका लागि अमेरिकाले दिएको डेडलाइन सकिन लाग्दा सरकार त्यसलाई संसदबाट पारित गर्न दबाबमा रहेको छ ।
तर सत्तारुढ दलमा नै एमसीसी पारित गर्ने विषयमा मतभेद हुँदा एमसीसी सम्झौता थप गिजोलिएको छ ।






















