कांग्रेस पदाधिकारी बैठक बस्दै, सभापति देउवा सहभागी नहुने

जगत ठाडा मगर
२०७८ माघ २५ | मध्यान्ह ०२:१० बजे

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारीको बैठक आज बस्दैछ । पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा भने बैठकमा सहभागी नहुने बताइएको छ ।
बैठक केन्द्रीय कार्यालय सानेपामा मंगलबार दिउँसो बस्न लागेको हो । कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतका अनुसार अनौपचारिक रुपमा सभापति देउवाको अनुपस्थितिमा बैठक बस्न लागिएको हो ।
उनले स्थानीय तहको निर्वाचन तयारी, सह-महामन्त्री मनोनितका विषयमा र बिहीबार बस्ने कार्यसम्पादन समितिको बैठकका विषयमा एजेण्डा तय गर्ने तयारी रहेको बताए । सभापति देउवाले आगामी बिहीबारका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।
कार्यसम्पादन समिति बैठकमा म्याद समाप्त भएका भ्रातृ एवम् शुभेच्छुक संस्थाहरू र जिल्ला अधिवेशन हुन बाँकी रहेका १६ जिल्लाहरूका बारेमा छलफल हुने जनाइएको छ ।






















