राजनीति

एमसीसीबारे छलफल गर्न माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

जगत ठाडा मगर
२०७८ माघ २४ | मध्यान्ह ०२:१० बजे

काठमाडौँ, माघ २४ । एमसीसीको विषयमा थप छलफल गर्न सत्तारुढ गठबन्धनको दल नेकपा माओवादी केन्द्रीले केन्द्रीय समितिको बैठक बोलाउने तयारी गरेको छ ।

यहि आउदो २७ गते केन्द्रीय समितिका सदस्यहरुलाई सम्पर्क गरेर २८ गतेबाट बैठक बस्ने तयारी गरिएको हो । नेकपा माओवादी केन्द्रका पार्टी कार्यालय सचिव समेत रहेका केन्द्रीय सदस्य श्रीराम ढकालका अनुसार बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र एमसीसीको बारेमा विशेष छलफल हुनेछ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले संयुक्त रुपमा एमसीसी परियोजनालाई लेखेको पत्र सार्वजनिक भएपछि त्यसले नेकपा माओवादी भित्र पनि तरंग ल्याएको छ ।

कमेन्टहरु