राजनीति

राप्रपाका पूर्वअध्यक्ष थापा पक्षका नेताहरुको भेला सुरु, को–को छन् सहभागी ?

जगत ठाडा मगर
२०७८ माघ २४ | मध्यान्ह ०१:१० बजे

काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले बोलाएको आफू पक्षीय नेताहरुको भेला सुरु भएको छ ।

चाबहिलस्थित ओम दुर्गा पार्टी प्यालेसमा सोमबार दिउँसो सुरु भएको भेलामा उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री कुन्ती शाही, रोशन कार्की, जयन्त चन्दलगायत नेता र केन्द्रीय सदस्यहरू सहभागी छन् । महाधिवेशनमा पराजित भएपछि थापाले अलग्गै पार्टी खोल्नका लागि भेला आयोजना गरेको बुझिएको छ ।

थापाले राप्रपामा निर्मल निवासको हस्तक्षेपबारे छानबिन गर्न भन्दै अध्यक्ष राजेन्द्र लिङ्देनलाई दुईपटक पत्र लेखिसकेका छन् । यो विषयमा पार्टीमा छलफल गर्ने लिङ्देनले प्रतिबद्धता जनाएका छन् ।

कमेन्टहरु