काँग्रेसको प्रवक्तामा प्रकाशशरण महत नियुक्त

जगत ठाडा मगर
२०७८ माघ २४ | बिहान ११:१० बजे

काठमाडाैं, माघ २४ । नेपाली कांग्रेसको प्रवक्तामा प्रकाशशरण महतलाई नियुक्त गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवाले महतलाई प्रवक्तामा नियुक्ति गरेका हुन् ।
उनी १४औँ महाधिवेशनमा महामन्त्री पदमा पराजित भएका थिए । पराजित भएपछि देउवाले उनलाई केन्द्रीय सदस्यमा नियुक्त गरेका थिए । कांग्रेसमा केन्द्रीय सदस्यहरूबाट प्रवक्ता ताेकिने प्रचलन छ । यसअघि विश्वप्रकाश शर्मा कांग्रेस प्रवक्ता थिए ।
महामन्त्रीमा विजयी भएसँगै उनले प्रवक्ताकाे जिम्मेवारीबाट अलग भएकाे घाेषणा गरेका थिए ।






















