एमसीसीले राजनीतिमा तरंगित बनायो

जगत ठाडा मगर


काठमाडौं । एमसीसी अनुमोदन गर्नुपर्ने विषयले राजनीतिक वृत्त थप तरंगित बनेको छ । यही बेला एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार झन्डै सात महिनामा बालुवाटार पुगे। प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरे।
यससँगै शीर्ष नेतृत्वबीच जुन संवादहीनता थियो, त्यो एक हदसम्म तोडिएको छ। यो भेटमा सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने अनुपस्थित रहे।
‘एमसीसीलाई चाँडै एउटा निष्कर्षमा पुर्याउने विषयमा सकारात्मक छलफल भएको छ’, सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘एमसीसीको अहिले जुन भ्रम र आशंका छ यो अब छिट्टै हट्छ। एमसीसीले केही दिनमै निकास पाउँछ।’
राष्ट्रिय राजनीति सकारात्मक दिसामा गएको मन्त्री कार्कीले बताए। संसद्लाई प्रभावकारी बनाउन सरकार र प्रतिपक्षको उत्तिकै जिम्मेवारी छ भन्ने छलफल भएको उनले सुनाए । एमाले महासचिव शंकर पोख्रेलले प्रधानमन्त्रीले एमसीसीलगायत विषयलाई अघि बढाउन सहयोग मागेको जानकारी दिए।
तर, माओवादी अध्यक्ष दाहालले प्रतिपक्षले सदन सुचारु गर्न सहयोग गर्नुपर्ने, निर्वाचनपछि मात्र एमसीसीको विषय प्रतिपक्षसहित उठाउन सहज हुने बताएको महासचिव पोख्रेलले सुनाए। ‘एमसीसीका विषयमा पहिला सत्तापक्ष स्पष्ट हुनु जरुरी छ। राष्ट्रिय मामलाका विषयमा सत्तापक्ष एकमत हुनुपर्ने हो’, पोखरेलले भने। एमालेले भने सत्तापक्ष स्पष्ट भएपछि मात्रै एमाले धारण बनाउने जवाफ दिएको थियो।

तिहारको दोस्रो दिन : लक्ष्मी पूजा गरिँदै, कुकुर तिहार पनि आजै

काभ्रेमा मतदानस्थल–मतदान केन्द्र हेरफेर प्रक्रिया अघि बढाइँदै

मिथिला क्षेत्रमा किसानलाई केरा गोडमेलको अवसर

पाँचधारेमा बौद्ध स्तुपा निर्माणसँगै पर्यटकीय आकर्षण बढ्दै

तिहारमा मिठाई र बत्तीको व्यापार
अरुपनि पढ्नुहोस
सबै
आज यी पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

राष्ट्रव्यापी श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा नवलपुर आइपुग्यो

विजयनगरमा पनि मनाइयो धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिव
















