राप्रपा अध्यक्ष लिङदेनद्वारा २४ पदाधिकारी मनोनयन (सूचीसहित)


काठमाडौं, माघ १६ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले दुई महामन्त्री र दुई उपाध्यक्षसहित २४ पदाधिकारी मनोनयन गरेका छन् । साथै पार्टीका विभिन्न ६ वटा विभागका प्रमुखहरुमा पनि उनले जिम्मेवारी बाँडफाँड गरेका छन् ।
पार्टीमा दुई महामन्त्री र दुई उपाध्यक्ष अध्यक्षले मनोनित गर्ने प्रावधान छ । जसअनुसार उपाध्यक्षमा लमजुङका हेमजंग गुरुङ र सुर्खेतका मुकुन्दश्याम गिरी मनोनित गरेका छन् भने महामन्त्रीमा ओखलढुगाका राजेन्द्र गुरुङ र मोरङका प्रल्हाद प्रसाद साहलाई नियुक्त गरेका छन् ।
लिङदेनले ४ जनालाई पार्टीको प्रवक्ता र ४ जनालाई सहायक प्रवक्ता मनोनीत गरेका छन् । जसमा प्रवक्तामा भक्तिप्रसाद सिटौला, मोहन श्रेष्ठ, सगुनसुन्दर लावती र गोपाल दाहाल छन् भने सहायक प्रवक्तामा प्रविनकुमार थोकर तामाङ, दिनेशकुमार साह, पूर्णबहादुर चन्द रहेका छन् ।
यस्तै सहमहामन्त्रीमा सात जना र सहायक मन्त्रीमा ६ जना मनोनित गरिएको छ । यसअघि राप्रपाकाे महाधिवेशनबाट २ महामन्त्री, २ उपाध्यक्षसहित ८ जना निर्वाचित भएका थिए । मनाेनयनसँगै राप्रपाकाे जम्बाे पदाधिकारी टिम बनेकाे छ ।























