आदिवासी रङ्गशाला निर्माण परियोजना अघि बढ्यो

नवलपुर टुडे

सारांश
- झापाको कमल गाउँपालिका–५ मा रहेको आदिवासी स्मृति रङ्गशाला निर्माणका लागि वर्तमान सरकारले ३० करोड रुपैयाँको बहुवर्षीय परियोजना स्वीकृत गरेको छ।
- राजनीतिक विवादका कारण लामो समयदेखि अलपत्र परेको रङ्गशाला निर्माण अघि बढाउन चालु आर्थिक वर्षमा तीन करोड रुपैयाँ विनियोजन गरिएको छ।
- सरोकारवाला निकायबीच हालै भएको संयुक्त बैठकले चालु आर्थिक वर्षको बजेटबाट विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र पूर्वाधारको काम सुरु गर्ने निर्णय गरेको छ।

झापा । कमल गाउँपालिका–५ मा आदिवासी स्मृति रङ्गशालाका लागि वर्तमान सरकारले बहुवर्षीय परियोजना स्वीकृत गरेपछि रङ्गशाला निर्माणले गति लिने भएको छ ।
विसं २०६७ वैशाखमा सो स्थानमा रङ्गशाला निर्माण गर्नका लागि तत्कालीन रक्षामन्त्री विद्यादेवी भण्डारीले परियोजना शिलान्यास गर्नुभएको थियो । तर, राजनीतिक खिचातानीका कारण हालसम्म रङ्गशालाको निर्माण अघि बढ्न सकेको थिएन ।
कमल गाउँपालिकाका अध्यक्षसमेत रहेका निर्माण समितिका अध्यक्ष हुकुमसिंह राईको अध्यक्षतामा भएको संयुक्त बैठकले चालु आवको बजेटबाट डिपिआर र पूर्वाधारको काम सुरु गर्ने निर्णय भएको छ । बैठकमा सघन सहरी विकास कार्यालय भद्रपुर, पाथीभरा सशस्त्र तालिम केन्द्र, पूर्वाधार विकास कार्यालय भद्रपुर र आदिवासी रङ्गशाला तथा स्मृति प्रतिष्ठानका प्रतिनिधि सहभागी थिए ।
चालु आवमा विनियोजित रु तीन करोड खर्च हुने र बाँकी बजेट आगामी दुई वर्षको बजेटबाट विनियोजन हुने भनेर सङ्घीय सरकारबाट प्रतिबद्धता व्यक्त भएको प्रतिष्ठानका महासचिव राईले बताए । निर्माणस्थलमा आदिवासी जनजातिका ९०० भन्दा बढी चिहान हटाएर रङ्गशाला निर्माण गरिने भएको हुँदा सुरुमा सो रङ्गशालाको नाम ‘आदिवासी स्मृति रङ्गशाला’ प्रस्ताव गरिएको थियो । पछि रङ्गशालाको नाम फेरेर ‘मदन भण्डारी रङ्गशाला’ राख्ने प्रयास भएपछि राजनीतिक वृत्तमा विवाद भएको थियो । विवादकै कारण रङ्गशाला निर्माण अलपत्र बनेको हो ।

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन

सैनिक कल्याणकारी कोष : ४० हजार विद्यार्थीलाई छात्रवृत्ति, १० लाख हिताधिकारीलाई सुविधा

भोटेकोसी बाढीमा बेपत्ता भएका जुम्लाका ६३ जनाको यकीन सूची सार्वजनिक

अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल

तिहारको तेस्रो दिन : कार्तिक कृष्ण चतुर्दशीः नरक चतुर्दशी, कुकुर तिहार
अरुपनि पढ्नुहोस
सबै
तिहारको दोस्रो दिन : लक्ष्मी पूजा गरिँदै, कुकुर तिहार पनि आजै

काभ्रेमा मतदानस्थल–मतदान केन्द्र हेरफेर प्रक्रिया अघि बढाइँदै

मिथिला क्षेत्रमा किसानलाई केरा गोडमेलको अवसर

पाँचधारेमा बौद्ध स्तुपा निर्माणसँगै पर्यटकीय आकर्षण बढ्दै
















