स्याङ्जामा दुई लाख ४९ हजार मतदाता कायम

नवलपुर टुडे

सारांश
- जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा मृत्यु भएका र दोहोरो नाम भएका गरी कुल दुई हजार ५७२ जनाको नाम हटाएको छ।
- अद्यावधिक कार्यक्रमको अवधिमा प्राप्त निवेदनका आधारमा ३४५ जनाको नाममा भएका त्रुटि सच्याइनुका साथै ७७२ जनाको मतदान केन्द्र परिवर्तन गरिएको छ।
- अद्यावधिकपश्चात् जिल्लामा कुल मतदाताको सङ्ख्या दुई लाख ४९ हजार ६३ पुगेको छ।

स्याङ्जा । जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले दुई हजार ५७२ मतदाताको नाम मतदाता नामावलीबाट हटाएको छ । कार्यालयले असोजमा सम्पन्न गरेको मतदाता नामावली अद्यावधिक कार्यक्रमअनुसार मृत्यु भएका र दोहोरो नामावली भएकाको नाम मतदाता सूचीबाट हटाएको हो ।
जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका प्रमुख श्रीराम थापाका अनुसार एक हजार ३०८ जना मृत्यु भएका र एक हजार २६४ जना दोहोरो नामावली भएका गरी कुल दुई हजार ५७२ जना मतदाताको नाम सूचीबाट हटाइएको हो ।
“यसअघि मतदाताको नामावलीमा भएका त्रुटि सच्याउनका लागि जिल्ला निर्वाचन कार्यालयमा निवेदन प्राप्त भएका थिए”, उनले भने, “प्राप्त निवेदनका आधारमा यस अवधिमा ३४५ जना मतदाताको नामावलीमा भएका त्रुटि सच्याइएको छ ।”
ठेगाना र मतदान केन्द्र फरक परेका ७७२ जनाको मतदान केन्द्र (ठाउँसारी निवेदन)का आधारमा केन्द्र परिवर्तन गरिएको छ । कार्यालयले गत असोजमा मतदाताको नामावली अद्यावधिक गरेको थियो । अद्यावधिकपश्चात् निर्वाचन आयोगद्वारा प्रकाशित अन्तिम मतदाता नामावलीबमोजिम २०८३ भदौ १५ गतेसम्म १८ वर्ष उमेर पूरा भएका मतदाताको सङ्ख्या दुई लाख ४९ हजार ६३ कायम भएको छ । त्यसमध्ये पुरुष एक लाख २३ हजार ११२ जना, महिला एक लाख २५ हजार ९५० जना र अन्य एक जना छन् ।
विसं २०८२ फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा दुई लाख ४८ हजार ८१६ मतदाता सङ्ख्या कायम रहेको थियो । मतदाता अद्यावधिक कार्यक्रमपश्चात् मतदाताको सङ्ख्या बढेको छ । गत फागुनमा सम्पन्न भएको निर्वाचनमा कायम भएका सङ्ख्याभन्दा अद्यावधिक भएपछि २४७ जना मतदाता बढेको उनले बताए ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















