Opens in a new tab

पश्चिमी वायुको आंशिक प्रभाव: आज उच्च पहाडी भेगमा हिमपात

नवलपुर टुडे

656Shares

सारांश

  • नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका कारण केही हिमाली तथा उच्च पहाडी जिल्लाहरूमा हल्का वर्षा र हिमपात भइरहेको छ।
  • सोमबार देशभर आंशिक बदली रही हिमाली, पहाडी भूभागका साथै लुम्बिनी प्रदेशका तराई क्षेत्रका केही स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।
  • बङ्गालको खाडीमा विकसित भएको ‘मुरासु’ चक्रवाती आँधीको नेपालको मौसममा भने कुनै पनि उल्लेखनीय प्रभाव पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
dida bag ad

काठमाडौँ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ। दार्चुला, बझाङ र हुम्ला जिल्लाका एक-दुई स्थानमा अहिले हल्का वर्षा तथा हिमपात भइरहेको छ।

सोमबार देशभर आंशिक बादल लाग्नेछ भने देशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। यसैगरी, लुम्बिनी प्रदेशको तराई भूभागका एक-दुई स्थानमा पनि हल्का वर्षा हुन सक्नेछ।

महाशाखाले चक्रवात मुरासुबारे पनि विशेष बुलेटिन जारी गर्दै उक्त मौसम प्रणालीको कारण नेपालको मौसममा उल्लेखनीय प्रभाव पर्ने सम्भावना नदेखिएको जनाएको छ । मौसम मोडल तथा भू-उपग्रहबाट प्राप्त तस्बिर र तथ्याङ्क विश्लेषणको आधारमा आइतबार बिहान ११:४५ बजे दक्षिणपश्चिम बङ्गालको खाडी तथा आसपासको मध्यपश्चिम बङ्गालको खाडीमा चक्रवाती आँधी मुरासु बनेको हो ।

सोमबार मध्यपश्चिम बङ्गालको खाडीमा यो प्रणाली शक्तिशाली चक्रवाती आँधीमा परिणत हुने सम्भावना रहेको छ । यो प्रणाली निरन्तर पश्चिम-उत्तरपश्चिमातर्फ अघि बढ्दै कार्तिक १७ गते भारतको आन्ध्र प्रदेशको दक्षिणी तटीय क्षेत्रमा पर्ने नेल्लौर र नरसापुरबिचबाट शक्तिशाली चक्रवाती आँधीका रूपमा जमिनमा प्रवेश गर्ने सम्भावना छ ।

अरुपनि पढ्नुहोस

सबै