नेत्रविक्रम चन्द विप्लवबाट अलग भएको उमा नेतृत्वको नेकपा प्रचण्ड नेतृत्वको नेकपामा समाहित हुने

नवलपुर टुडे

सारांश
- उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएको छ।
- आगामी कात्तिक १७ गते कोटेश्वरको पेरिसडाँडामा विशेष कार्यक्रम आयोजना गरी औपचारिक एकता घोषणा गरिनेछ।
- कम्युनिस्ट आन्दोलनमा एकता र राजनीतिक ध्रुवीकरणलाई बलियो बनाउने उद्देश्यले यो एकीकरण हुन लागेको हो।

काठमाडौं । उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएको छ। दुई पार्टीबीच आगामी कात्तिक १७ गते औपचारिक एकता घोषणा गर्ने तयारी गरिएको छ।
कोटेश्वरस्थित पेरिसडाँडामा रहेको नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयमा दिउँसो १ बजे विशेष कार्यक्रम आयोजना गरी एकताको घोषणा गरिने जनाइएको छ।
यसअघि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट अलग भएकी उमा भुजेलले राष्ट्रिय भेला आयोजना गर्दै छुट्टै राजनीतिक संगठन गठन गरेकी थिइन्। उक्त भेलाले भुजेलको नेतृत्वमा १०५ सदस्यीय केन्द्रीय समिति समेत चयन गरेको थियो।
कम्युनिस्ट आन्दोलनमा एकता, सहकार्य र राजनीतिक ध्रुवीकरणलाई थप बलियो बनाउने उद्देश्यसहित दुई पक्षबीच एकीकरण हुन लागेको बताइएको छ।
यस एकतापछि दुवै संगठनका नेता तथा कार्यकर्ताहरू एउटै राजनीतिक संरचनामा आबद्ध हुनेछन्।

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त



तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार
अरुपनि पढ्नुहोस
सबै
प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने

वायु प्रदूषण जोखिम कम गर्न कामपाको आग्रह

जग्गाको धनीपुर्जा माग्दै झापामा ६० हजार परिवारको आवेदन
















