Opens in a new tab

विराटनगरमा फोहोर सफा गर्ने क्रममा शंकास्पद वस्तु विष्फोट हुँदा २ जना घाइते

नवलपुर टुडे

2.1KShares

सारांश

  • विराटनगर–१५ को जुटमिल नजिक खाली जमिनमा फोहोर सफा गर्ने क्रममा शंकास्पद वस्तु विस्फोट हुँदा दुई जना घाइते भएका छन्।
  • विस्फोटमा परी ६५ वर्षीय हैदर अली र ४० वर्षीया नजवा खातुनको हात, खुट्टा तथा छातीमा चोट लागेको छ।
  • घाइतेहरूको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
dida bag ad

विराटनगर । विराटनगरमा आइतबार शंकास्पद वस्तु विस्फोट हुँदा २ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर–१५ स्थित जुटमिल नजिकको खाली जमिनमा रहेको फोहोर सफा गर्ने क्रममा शंकास्पद वस्तु विस्फोट भएको हो।

प्रहरीका अनुसार विस्फोटमा ६५ वर्षीय ससुरा हैदर अली र ४० वर्षीया नजवा खातुन घाइते भएका छन्। प्रहरीका अनुसार विस्फोटबाट खातुनको दुवै हात र छातीमा सामान्य चोट लागेको छ भने अलीको बायाँ हात र दाहिने खुट्टामा चोट लागेको छ।

इलाका प्रहरी कार्यालय रानीबाट प्रहरी वरिष्ठ नायब निरीक्षक रामप्रसाद शर्माले घाइते दुवै जनालाई उपचारका लागि स्थानीय स्वास्थ्य केन्द्रमा पठाएको जानकारी दिए। हाल उनीहरूको अवस्था सामान्य रहेको शर्माले जानकारी दिए।