बाँकेको अम्बे स्टिल कम्पनीमा आगलागी, आठजना घाइते
संबाददाता

सारांश
- बाँकेको जानकी गाउँपालिकास्थित अम्बे स्टिल सरिया कम्पनीमा फलाम पगाल्ने भट्टीमा विद्युत् सर्ट भई आगलागी हुँदा आठजना मजदुर घाइते भएका छन्।
- घाइतेमध्ये पाँचजना नेपाली र तीनजना भारतीय नागरिक रहेका छन् भने गम्भीर घाइते दुईजनालाई थप उपचारका लागि भारतको लखनऊ रिफर गरिएको छ।
- दमकल, सुरक्षाकर्मी र स्थानीय बासिन्दाको सहयोगमा आगलागी पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

काठमाडौं । बाँकेको जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा आठजना घाइते भएका छन् । आइतबार (कात्तिक १५) बिहान कम्पनीभित्र फलाम पगाल्ने तीनवटा भट्टीमा विद्युत् सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीमा परी घाइते हुनेमा बाँकेका पाँच र भारतको बहराइच जिल्लाका तीनजना रहेका छन् । घाइतेहरूलाई उपचारका लागि भेरी अस्पताल नेपालगन्ज पठाइएको छ । दुईजनालाई भने थप उपचारका निम्ति भारतको लखनऊ रिफर गरिएको छ । जानकी–५ का शिवप्रसाद चमार र रामदिन हरिजनलाई थप उपचारका लागि लखनऊ पठाइएको प्रहरीले जनाएको छ ।
घाइते हुने अन्यमा सोही ठाउँका २४ वर्षीय प्रेम धोबी, २९ वर्षीय दिलीपकुमार यादव, ३५ वर्षीय लक्ष्मीराम यादव, भारतका २९ वर्षीय राजकुमार निषाद, २४ वर्षीय नशिवकुमार निषाद र २५ वर्षीय विनोदकुमार निषाद छन् ।
नेपालगन्ज उपमहानगरपालिकाका दुई र कोहलपुर नगरपालिकाको एक दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीको सहयोगमा बिहान ८ः१५ बजे आगलागी पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो । आगलागीबाट भएको अन्य क्षतिको विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

हङकङका लोकतन्त्रवादी अभियन्ता जोसुवा वङलाई १० वर्षको जेल सजाय

‘पैसा डबल’ गर्ने भन्दै ठगी गर्ने रजक पुनः पक्राउ

रौतहटको डुमरियामा दुई यात्रुबाहक बसबाट भन्सार छलीका सामान बरामद, मूल्य २ लाख २२ हजारभन्दा बढी

वायु प्रदूषण जोखिम कम गर्न काठमाडौँ महानगरको आग्रह

दाङमा दैनिक दुई हजार ५०० कार्टुन अण्डा उत्पादन
अरुपनि पढ्नुहोस
सबै
राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणको प्रक्रिया थालियो

बाख्रापालनको तरिका सिकाउँदै तनहुँ जलविद्युत् आयोजना


मौरिस हर्जोग पदमार्गमा सूचना केन्द्र स्थापना
















