कटहरियामा दीपावली तथा छठ पर्वको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न, २० जनाद्वारा रक्तदान

अशोक यादव
5.5K

सारांश
- रौतहटको कटहरियामा दीपावली तथा छठ पर्वको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
- प्रतिकूल मौसमका बाबजुद पनि कार्यक्रममा २० जना रक्तदाताले उत्साहपूर्वक रक्तदान गरेका छन्।
- नेपाल रेडक्रस सोसाइटी गौरको प्राविधिक सहयोगमा रेडियो श्रोता संघ मधेश प्रदेशले सो कार्यक्रम आयोजना गरेको हो।

रौतहट , कार्तिक १४। हिन्दु धर्मावलम्बीहरूको महान् पर्व शुभदीपावली तथा छठ पर्वको अवसरमा रेडियो श्रोता संघ मधेश प्रदेशको आयोजनामा रौतहटको कटहरिया बजारस्थित विवाह मण्डप भवनमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
प्रतिकूल मौसमका बाबजुद पनि कार्यक्रममा २० जना रक्तदाताले उत्साहपूर्वक रक्तदान गरेको आयोजकले जनाएको छ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी गौरले प्राविधिक सहयोग गरेको थियो भने नेपाल परिवेश, बज्जीकाञ्चल एफएम र कोल्हवी न्युजले मिडिया पार्टनरका रूपमा सहयोग गरेका थिए।
कार्यक्रमबारे जानकारी दिँदै आयोजक संस्था रेडियो श्रोता संघ मधेश प्रदेशका अध्यक्ष रामबाबु साहले रक्तदान जस्तो मानवीय सेवाको कार्यमा सहभागी हुने सम्पूर्ण रक्तदाताप्रति आभार व्यक्त गरे।
कार्यक्रममा रक्तदान गरेका जितबहादुर यादवले रक्तदान गर्दा आफूलाई स्वस्थ र ताजापनको अनुभूति हुने बताए।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा
२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी
२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे


२०८३ कार्तिक १९ | मध्यान्ह ०३:०७ बजे
अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी
२०८३ कार्तिक १९ | मध्यान्ह ०३:०७ बजे

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार
२०८३ कार्तिक १९ | मध्यान्ह ०३:०७ बजे

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
२०८३ कार्तिक १९ | मध्यान्ह ०१:०७ बजे

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
२०८३ कार्तिक १९ | मध्यान्ह ०१:०७ बजे












