Opens in a new tab

भोटेकोशी बाढीका मृतकहरूको स्मृतिमा सुरु गरिएको मेची-महाकाली साइकल यात्रा लुम्बिनीमा

नवलपुर टुडे

3.1KShares

सारांश

  • भोटेकोशी बाढीका मृतकहरूको स्मृतिमा साइकलिस्ट रवीन्द्र महर्जनले मेची-महाकाली साइकल यात्रा सुरु गर्नुभएको छ।
  • यो यात्राले आन्तरिक पर्यटन प्रवर्द्धन, पर्यावरण संरक्षण, स्वास्थ्य सचेतना र सामाजिक रूपान्तरणमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।
  • झापाको मेची पुलबाट कात्तिक ९ गते सुरु भएको यो यात्रा कात्तिक १७ गते महाकाली पुगेर समापन हुनेछ।
dida bag ad

नवलपरासी, कात्तिक १४ । भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको स्मृतिमा साइकलिस्ट रवीन्द्र महर्जनले सुरु गर्नुभएको मेची-महाकाली साइकल यात्रा लुम्बिनी प्रदेश पुगेको छ । वि.सं. २०८३ भदौ १० गते रसुवा, नुवाकोट, धादिङ र गोरखा जिल्लामा अप्रत्याशित रूपमा आएको भोटेकोशीको बाढीमा परी ज्यान गुमाउनुभएका दिवङ्गत आत्माहरूको स्मृतिमा यो यात्रा आयोजना गरिएको हो ।

ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ६, सिद्धिपुर निवासी महर्जनले साइकल यात्रामार्फत देशका प्रमुख पर्यटकीय स्थलहरूको प्रचार-प्रसार गर्दै आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

साइकल यात्री महर्जनलाई स्वागत गर्दै साइकलिस्ट एवं पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाका पूर्व नगरप्रमुख धीरज शर्मा बस्यालले प्राकृतिक विपत्तिमा ज्यान गुमाएकाहरूको स्मृतिमा शोकलाई शक्तिमा बदल्दै यसरी मेची-महाकाली यात्रामा निस्कनु अत्यन्त प्रशंसनीय कार्य भएको बताउनुभयो ।

शनिबार लुम्बिनी प्रदेशको कपिलवस्तु पुग्नुभएका साइकल यात्री महर्जनले यस यात्राले पर्यावरण संरक्षण, स्वास्थ्य सचेतना र सामाजिक रूपान्तरणमा सकारात्मक योगदान पुर्‍याउने बताउनुभयो ।

वि.सं. २०८३ साल कात्तिक ९ गते झापा जिल्लाको भद्रपुर नगरपालिकास्थित मेची पुलबाट सुरु गरिएको यो यात्रा आगामी कात्तिक १७ गते महाकाली पुगेर साइकल यात्राको समापन गर्ने लक्ष्य राखिएको छ ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे