Opens in a new tab

कटहरिया–गरुडा सडकको दयनीय अवस्था : दुई पूर्व जनप्रतिनिधिले नेतृत्व गरेको क्षेत्रमै विकासको प्रतीक्षा कहिलेसम्म?

अशोक यादव

1.9KShares

सारांश

  • रौतहटको कटहरियादेखि गरुडा जाने मुख्य सडक लामो समयदेखि अत्यन्तै जिर्ण र दयनीय अवस्थामा रहेको छ।
  • यस क्षेत्रबाट पूर्वमन्त्री प्रभु साह र पूर्वअर्थमन्त्री जितेन्द्र यादवजस्ता प्रभावशाली नेताहरू विजयी भए पनि सडकको अवस्था सुधार हुन सकेको छैन।
  • सडकको तत्काल स्तरोन्नति र मर्मतसम्भार गरी यात्रुहरूको सास्ती अन्त्य गर्न स्थानीय बासिन्दाले जोडदार माग गरेका छन्।
dida bag ad

कार्तिक १४। रौतहट जिल्लाको कटहरिया नगरपालिका क्षेत्रबाट गरुडा जाने सडकको अवस्था अहिले पनि दयनीय रहेको छ। दैनिक हजारौँको संख्यामा सर्वसाधारण आवतजावत गर्ने यस सडकको अवस्था जीर्ण हुँदा स्थानीय बासिन्दा तथा यात्रुहरूले सास्ती भोग्नुपरेको छ।
उल्लेखनीय कुरा के छ भने, यस क्षेत्रबाट पूर्वमन्त्री प्रभु साह ४ पटक विजयी हुनुभएको थियो। त्यस्तै, यसै क्षेत्रबाट जितेन्द्र यादव एक पटक सांसद तथा एक पटक प्रदेशसभा सदस्य र अर्थमन्त्रीसमेत बन्नुभएको थियो।

राजनीतिक रूपमा महत्वपूर्ण मानिएको रौतहटको पुरानो बजार कटहरियालाई जोड्ने यो सडकको अवस्था भने अझै सुधार हुन सकेको छैन। जनप्रतिनिधिहरू उच्च राजनीतिक तथा सरकारी जिम्मेवारीमा पुगिसक्दा पनि स्थानीय पूर्वाधारको अवस्था जस्ताको तस्तै रहनुले सर्वसाधारणमा विभिन्न प्रश्नहरू उठेका छन्।

दैनिक हजारौँ मानिसले प्रयोग गर्ने सडकको अवस्था कहिलेसम्म यस्तै रहने? स्थानीय जनताको समस्याप्रति सम्बन्धित जनप्रतिनिधि तथा निकायको ध्यान किन जान सकेको छैन?

स्थानीयवासीको मुख्य माग सडकको तत्काल स्तरोन्नति, मर्मतसम्भार तथा दीर्घकालीन समाधान हो।

अब प्रश्न उठ्छ—कटहरिया–गरुडा सडकको दयनीय अवस्थाको जिम्मेवारी कसले लिने?

विगतमा यस क्षेत्रबाट निर्वाचित जनप्रतिनिधि, वर्तमान जनप्रतिनिधि, प्रदेश सरकार तथा सम्बन्धित सडक निर्माण निकायले यस विषयमा स्पष्ट जवाफ दिनु आवश्यक छ।

जनताले चुनावका बेला आश्वासन मात्र होइन, विकासको अनुभूति पनि गर्न पाउनुपर्छ। कटहरिया–गरुडा सडकको समस्या समाधान गर्न सम्बन्धित निकायले तत्काल ध्यान दिनुपर्ने स्थानीयवासीको माग छ।

अरुपनि पढ्नुहोस

सबै