आज एनपीएलमा दुई खेल हुँदै,मौषमले ठुलो प्रभाव पार्न सक्ने
संबाददाता


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज शनिबार दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा चार टोलीले प्रतिस्पर्धा गर्नेछन्।
आजको पहिलो खेलमा दिउँसो १२ः३० बजे साविक विजेता लुम्बिनी लायन्स र चितवन राइनोज आमनेसामने हुँदैछन्। दुवै टोलीले प्रतियोगितामा आफ्नो पहिलो खेल जित्दै सुखद सुरुवात गरेका छन्। त्यसैले आजको खेल जित्दै अपराजित यात्रा कायम राख्ने लक्ष्य दुवै टोलीको हुनेछ।
लुम्बिनीले पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको थियो। यस्तै, चितवनले विराटनगर किंग्सलाई ८ रनले हराएको थियो। लुम्बिनी र चितवन दुवैले अहिलेसम्म एक–एक खेल जितेका छन्।
आजको दोस्रो खेलमा साँझ ५ बजे सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ।
सुदूरपश्चिमले दुई खेलमध्ये एकमा जित र एकमा हार व्यहोरेको छ। पहिलो खेलमा लुम्बिनीसँग पराजित भएको सुदूरपश्चिमले दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले हराउँदै पुनरागमन गरेको थियो।
यता विराटनगर किंग्सले भने सुरुवाती दुवै खेल गुमाएको छ। पहिलो खेलमा चितवनसँग ८ रनले पराजित भएको विराटनगर दोस्रो खेलमा कर्णाली याक्ससँग ४ विकेटले पराजित भएको थियो। त्यसैले विराटनगर आज पहिलो जितको खोजीमा हुनेछ।
आजको दुवै खेलमा वर्षाको सम्भावना रहेकाले खेल सञ्चालनमा मौसम चुनौती बन्न सक्नेछ।


कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण

हिमाली जल सुरक्षाका लागि विपद् पूर्वतयारी र एकीकृत विकासमा जोड

गाउँमै उद्यम र रोजगारी सिर्जना गर्ने सम्भावना खोज्दै विद्यार्थी

संरक्षण नहुँदा खण्डहर बन्दै रसुवाको सीता गुफा
अरुपनि पढ्नुहोस
सबै
लेकसाइडमा ‘अपरेसन सभ्यता’ : तीन दिनमा ४४ जना कारबाहीमा

छठको दोस्रो दिन : गुह्येश्वरीमा तयारी अन्तिम चरणमा

बाढी प्रभावित बालबालिकाको संरक्षणमा सघाउन आह्वान

एआई प्रविधिमा लगानी बढाउने र सहकार्य सुदृढ गर्ने ईयूको तयारी
















