Opens in a new tab

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल

रासस

2.1KShares

सारांश

  • नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको अन्तर्राष्ट्रिय सूचीमा थप छवटा हिमाललाई छुट्टै हिमालका रूपमा सूचीकृत गराउन पहल थालेको छ।
  • विश्व पर्वतारोहण तथा आरोहण महासङ्घको साधारणसभामा प्रस्तुत यो प्रस्ताव स्वीकृत भएमा नेपालमा मात्रै आठ हजार मिटरभन्दा अग्ला हिमालको सङ्ख्या १४ पुग्नेछ।
  • नेपालले यालुङ काङ, कञ्चनजङ्घा दक्षिण, कञ्चनजङ्घा मध्य, ल्होत्से मध्य, ल्होत्से शार र यालुङ काङ पश्चिमलाई मान्यता दिलाउन प्रस्ताव गरेको छ।
dida bag ad

काठमाडौं । नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको अन्तर्राष्ट्रिय सूचीमा नेपालका थप छवटालाई छुट्टै हिमालका रूपमा सूचीकृत गराउन पहल अघि बढाएको छ ।

विश्व पर्वतारोहण तथा आरोहण महासङ्घद्वारा आज आयोजित साधारणसभामा नेपालका थप ६ वटा हिमाललाई छुट्टै हिमालका रूपमा सूचीकृत गराउन पहल अघि बढाइएको हो । नेपालले राखेको उक्त प्रस्तावलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त भए विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको संख्या १४ बाट बढेर २० पुग्नेछ भने नेपालमा मात्रै यस्ता हिमालको सङ्ख्या १४ पुग्नेछ ।

नेपालले छुट्टै हिमालका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन प्रस्ताव गरेका हिमालमा यालुङ काङ (८,५०५ मिटर), कञ्चनजङ्घा दक्षिण (८,४७६ मिटर), कञ्चनजङ्घा मध्य (८,४७३ मिटर), ल्होत्से मध्य (८,४१० मिटर), ल्होत्से शार (८,४०० मिटर) र यालुङ काङ पश्चिम (८,०७७ मिटर) रहेका छन् ।

नेपालले यसअघि सन् १९८२ र २०११ मा विश्व पर्वतारोहण तथा आरोहण महासंघको साधारणसभा आयोजना गरेको थियो ।