Opens in a new tab

शरद् ऋतुमा विभिन्न हिमाल आरोहणबाट ३२ करोड बढी राजस्व संकलन

नवलपुर टुडे

2.6KShares

सारांश

  • पर्यटन विभागका अनुसार सन् २०२६ को शरद् ऋतुमा ४६ वटा हिमाल आरोहणका लागि प्रदान गरिएको अनुमतिबाट सरकारले ३२ करोड ३७ लाख ८८ हजार ९९० रुपैयाँ राजस्व सङ्कलन गरेको छ।
  • १७१ वटा टोलीका कुल १,४९३ जना आरोहीले अनुमति लिएकामा सबैभन्दा धेरै मनास्लु हिमालका लागि ४३ टोलीका ५०० जनाले अनुमति प्राप्त गरेका छन्।
  • अनुमति लिनेहरूमा विश्वका ७६ देशका नागरिकहरू सामेल छन्, जसमध्ये सबैभन्दा बढी चीनका १४२ जना आरोही रहेका छन्।
dida bag ad

काठमाडौं । शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहण अनुमति प्रदान गरेबापत सरकारले ३२ करोड ३७ लाख ८८ हजार ९९० राजस्व संकलन गरेको छ ।

पर्यटन विभागले दिएको जानकारीअनुसार सन् २०२६ को शरद् ऋतुमा नेपालका ४६ हिमाल आरोहणका लागि अनुमति प्रदान गरेबापत ३२ करोड ३७ लाख ८८ हजार ९९० संकलन भएको हो ।

विभागकी शाखा अधिकृत सुधा रेग्मीले १७१ टोलीका एक हजार ४९३ आरोहीलाई आरोहण अनुमति प्रदान गरेबापत उक्त राजस्व संकलन भएको जानकारी दिइन् । हिमाल आरोहणका लागि एक हजार १३७ पुरुष र ३५६ महिलाले आरोहण अनुमति लिएका छन् । सबैभन्दा बढी मनास्लु आरोहणका लागि ४३ टोलीका ५०० जना आरोहीले अनुमति लिएका उनले जानकारी दिइन् ।

विभागका अनुसार धवलागिरि–१ आरोहणका लागि ६ टोलीका ३७ जनाले आरोहण अनुमति लिएका छन् । उनीहरूबाट विभागले ८४ लाख ७३ हजार ६५० राजश्व संकलन भएको विभागका शाखा अधिकृत रेग्मीले उल्लेख गरिन् । मकालु हिमाल आरोहणका लागि एक टोलीका तीनजनाले अनुमति लिएकामा ६ लाख ८८ हजार ५० राजस्व संकलन भएको छ ।

यस्तै, हिम्लुङ हिमालका लागि १३ टोलीका १३० आरोही, आमादब्लम हिमाल आरोहणका लागि ३४ टोलीका ४१२ जनाले आरोहण अनुमति लिएका हुन् । साथै पुथा हिउँचुली, डाङ्गा हिउँचुली, बरुणत्से हिमाल, मकालु, गङ्गापूर्णा पश्चिम (लाङचेनेल), थोरोङ पिक, नोर्बु खाङ, अन्नपूर्ण–४, चाम्लाङ, लमजुङ हिमाल, पुमोरी, सारिबुङ, थापा पिक (धाम्पुस), पोखर खाङ, अर्दाङ, जुगल, पेरीलगायत हिमालका लागि अनुमति प्रदान गरिएको विभागले जनाएको छ ।

उक्त हिमाल आरोहण गर्नका लागि ७६ देशका एक हजार ४९३ आरोहीले आरोहण अनुमति लिएका छन् । आरोहण अनुमति लिनेमा सबैभन्दा बढी चीनका १४२ जना रहेका उनले जानकारी दिइन् । यसबाहेक रसिया, फ्रान्स, अमेरिका, बेलायत, पोल्यान्ड, नेपाल, स्वीजरल्यान्ड, स्पेन, भारत, इटली, जापानलगायत देशका आरोहीले अनुमति लिएका छन् ।

अरुपनि पढ्नुहोस

सबै