बोस्नियामा ईयू फोर्सको हेलिकोप्टर दुर्घटना : चार जनाको मृत्यु, ११ घाइते

एजेन्सी

सारांश
- बोस्निया–हर्जगोभिनामा युरोपेली संघको शान्ति मिसनमा खटिएको इटालियन सैन्य हेलिकोप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
- नियमित सैन्य अभ्यासका क्रममा भएको उक्त दुर्घटनामा परेर अन्य ११ जना घाइते भएका छन् र उनीहरूको उपचार भइरहेको छ।
- घटनाको कारण हालसम्म खुलेको छैन र यस विषयमा विस्तृत अनुसन्धान भइरहेको छ।

काठमाडाैँ। बोस्निया–हर्जगोभिनामा युरोपेली संघको शान्ति मिसन (ईयूफोर) मा आबद्ध इटालियन सैन्य हेलिकोप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
बिहीबार बोस्नियाको ब्रचको क्षेत्रमा नियमित सैन्य अभ्यासका क्रममा सीएच–४७ चिनुक हेलिकोप्टर दुर्घटनामा परेको ईयूफोरले जनाएको छ । दुर्घटनास्थल राजधानी सारायेभोबाट करिब १८० किलोमिटर उत्तरमा पर्छ ।
इटालीको रक्षा मन्त्रालयका अनुसार मृत्यु हुनेमा दुई सैनिक र रेडक्रसका दुई स्वयंसेवक छन् । हेलिकोप्टरमा सवार सबै इटालियन नागरिक रहेको इटाली सरकारले जनाएको छ ।
दुर्घटनामा सुरुमा तीन जनाको मृत्यु भएको थियो । घाइते १२ जनालाई अस्पताल पुर्याइएकोमा उपचारका क्रममा थप एक जनाको मृत्यु भएको ब्रच्को अस्पतालका प्रवक्ताले बताएका छन् । अन्य ११ जना घाइतेको अवस्था स्थिर रहेको र उपचार भइरहेको ईयूफोरले जनाएको छ ।
दुर्घटनाको कारण खुल्न सकेको छैन । ईयूफोरले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जनाएको छ ।
बोस्नियामा सन् २००४ देखि तैनाथ ईयूफोर मिसनमा एक हजारदेखि १५ सयसम्म सुरक्षाकर्मी छन् । सन् १९९५ मा बोस्निया युद्ध अन्त्य गर्ने डेटन शान्ति सम्झौताको कार्यान्वयनको निगरानी गर्नु यस मिसनको मुख्य जिम्मेवारी हो ।

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त



तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी
अरुपनि पढ्नुहोस
सबै
सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने

वायु प्रदूषण जोखिम कम गर्न कामपाको आग्रह
















