ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको मृत्यु

नवलपुर टुडे

सारांश
- नवलपरासीको रामग्राम नगरपालिकामा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक पत्रकार पोषकान्त पोख्रेलको मृत्यु भएको छ।
- दुर्घटनामा गम्भीर घाइते भएका पोख्रेललाई उपचारका लागि अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।
- प्रहरीले दुर्घटनामा संलग्न ट्रक, चालक र मोटरसाइक नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएको छ।

नवलपरासी । नवलपरासीमा ट्रकको ठक्करबाट संचारकर्मीको मृत्यु भएको छ । शुक्रबार मध्यान्ह १२:१० बजे रामग्राम नगरपालिका- २ सेतो पुलस्थित हुलाकी सडक खण्डमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको सु.प.प्र. ०१-००१ ख ३४९७ नम्बरको ट्रकले सोही दिसा तर्फ जाँदै गरेको लु.प्र.०१-००९ प ९६१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक पत्रकारको मृत्यु भएको मृत्यु भएको हो ।
मृत्यु हुनेमा रुपन्देही तिलोतमा नगरपालिका- १३ भलवाडी बस्ने बर्ष अन्दाजी ४०।५० का पत्रकार पोषकान्त पोख्रेल रहेको छ । दुर्घटनामा घाईते भएका पोख्रेललाई तत्काल उपचारका लागी पृथ्वी चन्द्र जिल्ला अस्पताल परासी पुर्याउदा १२:२० बजे अस्पतालका डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारीले जनाएको छ ।
दुर्घटना स्थलबाट ट्रक चालक कञ्चनपुर जिल्ला लालझाडी गाँउपालिका- ६ बस्ने बर्ष अन्दाजी २६ को बन्धु रानासहित ट्रक र मोटरसाइकल नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय नवलपरासीमा राखि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त



तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार
अरुपनि पढ्नुहोस
सबै
प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने

वायु प्रदूषण जोखिम कम गर्न कामपाको आग्रह

जग्गाको धनीपुर्जा माग्दै झापामा ६० हजार परिवारको आवेदन
















