Opens in a new tab

कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

नवलपुर टुडे

5.1KShares

सारांश

  • कपिलवस्तुको वाणगङ्गा नगरपालिकामा मोटरसाइकलको ठक्करबाट ६३ वर्षीया पैदलयात्री जलिया थारूको मृत्यु भएको छ।
  • स्थानीय शिवलाल घिमिरेले चलाएको लु१ब ३४१६ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
  • मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी थारूको उपचारको क्रममा ज्यान गएको र घटनाबारे थप अनुसन्धान भइरहेको छ।
dida bag ad

कपिलवस्तु । कपिलवस्तुको वाणगङ्गा नगरपालिका–३ तीनकुनेमा आज मोटरसाइकलको ठक्करबाट पैदलयात्री गजेहडाकी ६३ वर्षीय जलिया थारुको मृत्यु भएको छ।

प्रहरीका अनुसार स्थानीय शिवलाल घिमिरेले चलाएको लु१ब ३४१६ नम्बरको मोटरसाइकले उनलाई ठक्कर दिएको थियो। मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी थारूको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक दीपेन्द्रकुमार सिंहले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अरुपनि पढ्नुहोस

सबै