Opens in a new tab

एनपीएल : सुदूरपश्चिमविरुद्ध पोखरा एभेन्जर्सको मध्यम सुरुआत

नवलपुर टुडे

1.8KShares

सारांश

  • पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सविरुद्ध टस हारेर ब्याटिङ गर्दै पहिलो ६ ओभरमा ५१ रन बनाउँदा दुई विकेट गुमाएको छ।
  • पोखराका लागि ओपनर मेहदी हसनले ३२ रन बनाए भने दिनेश खरेल सस्तोमै आउट भए।
  • सुदूरपश्चिमका बलर हेमन्त धामी र अनिल खरेलले एक-एक विकेट लिएका छन्।
dida bag ad

काठमाडौं । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सविरुद्ध मध्यम सुरुआत गरेको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको पोखराले सुदूरपश्चिमविरुद्ध सुरुआती ६ ओभरमा दुई विकेट गुमाएर ५१ रन बनाएको छ ।

पोखराले पावर प्लेमा पोखराले अर्ली विकेटको रूपमा ओपनर दिनेश खरेललाई गुमायो । उनलाई २.२ ओभरमा सुदूरपश्चिमका हेमन्त धामीले विकेटकिपर विनोद भण्डरीबाट क्याच गराएका थिए । ओपनर मेहदी हसन पनि ३२ रन बनाएर पभेलियन फर्किए । उनी पनि बाउन्ड्री प्रहार गर्ने क्रममा क्याच भएका थिए ।

सुदूरपश्चिमका लागि हेमन्त र अनिल खरेलले समान एक विकेट लिए । अनिलले अन्तिम बलमा हसनलाई कप्तान दीपेन्द्रसिंह ऐरीबाट क्याच गराएका थिए । खेलमा सुदूरपश्चिम जित निकाल्दै अंक तालिकामा आफूलाई अगाडि बढाउने लक्ष्यमा छ ।

टोलीले गत कात्तिक ९ गते भएको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्ससँग सात विकेटको पराजय भोगेको थियो । पोखरा भने विजयी सुरुआतको खोजिमा छ । पोखरोको यो पहिलो खेल हो । गत सिजन पोखराले ६ अंकका साथ पाँचौँ स्थानमा रहँदै प्रतियोगिता टुग्याएको थियो ।

अरुपनि पढ्नुहोस

सबै