Opens in a new tab

धनुषाबाट २ किलो ४ सय ७० ग्राम गाँजासहित महिला पक्राउ

राम नारायण

1.2KShares

सारांश

  • धनुषाको शहीदनगर नगरपालिकाबाट प्रहरीले २ किलो ४ सय ७० ग्राम गाँजासहित एक महिलालाई नियन्त्रणमा लिएको छ।
  • शहीदनगर–१ की करिब ४० वर्षीया प्रमिला देवी मण्डलको घरमा गाँजा बिक्री वितरण भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले खानतलासी गरेको थियो।
  • बरामद गरिएको गाँजासहित मण्डललाई इलाका प्रहरी कार्यालय सबैलाको नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको छ।
dida bag ad

जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिकाबाट प्रहरीले २ किलो ४ सय ७० ग्राम गाँजासहित एक महिलालाई नियन्त्रणमा लिएको छ।

मंगलबार शहीदनगर नगरपालिका–१ भगवन टोलकी करिब ४० वर्षीया प्रमिला देवी मण्डलको घरमा गाँजा बिक्री वितरण हुने गरेको विशेष सूचना प्राप्त भएपछि प्रहरीले खानतलासी गरेको थियो ।

प्रहरी प्रवक्ता एवं डिएसपी ओमप्रकाश खनालका अनुसार इलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गर्दा उक्त परिमाणको गाँजा बरामद भएको हो ।

बरामद गाँजासहित मण्डललाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

अरुपनि पढ्नुहोस

सबै